निर्वाचनबारे भ्रम फैलाउने नौ पक्राउ

thai-election
लाेकपाटी न्यूज

बैंकक, १४ चैत।   थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।

थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो। निर्वाचन भएपनि नतिजा सार्वजनिक नभइरहेका बेला उनीहरुले निर्वाचन आयोगलाई नै बदनाम गराउने गरी भ्रमक समाचार फैलाएको सरकारी अधिकारीहरुको भनाई छ।

निर्वाचन आयोगका दुई जना आयुक्तलाई हटाइएको र मतदान भइरहेको ठाउँमा छ लाख अवैध मतपेटिका मिसाइएको भन्ने भ्रामक समाचार उनीहरुले फेसबुकमा सेयर गरेका थिए ।

इन्टरनेट मार्फत् गलत सूचना प्रवाह गरेकाले उनीहरुलाई कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीका एक जना प्रवक्ता सिरिवात डिफोरले जानकारी दिए।

उनीहरुले भने त्यो समाचार भ्रमक समाचार हो भन्ने थाहा नपाएको र सत्य समाचार नै ठानेर आफुहरुले सेयर गरेको बताएका छन्। आरोप प्रमाणीत भएमा उनीहरुलाई पाँच बर्ष भन्दा बढी जेल सजाय र ३१ सय डलर जरिवाना हुने व्यवस्था रहेको छ।