पानीजहाज कार्यालयको प्रमुखमा ऋषिराज कोइराला नियुक्त

pani-jahaj
लाेकपाटी न्यूज

काठमाडौ,१४ चैत।  सरकारले पानीजहाज कार्यालयको प्रमुखमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव कोइरालाई पानीजहाज कार्यालयको प्रमुख बनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए।

मन्त्रिपरिषद्को गत २९ पुसमा बसेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहनेगरी कार्यालय स्थापनाको निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्