बिहिबारको एसईई परीक्षा रद्द

see
लाेकपाटी न्यूज

काठमाडौं, १४ चैत।  परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ।

बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए।

‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’उनले भने’ रद्द भएको परीक्षा चैत २२ गते गरिने छ। बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो ।
बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्