काठमाडौं, १४ चैत। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको छानबिन समितिको निश्कर्ष रहेको छ।
समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई बुझाएको प्रतिवेदनमा सञ्चालकहरूले आर्थिक अपचलन गरेको उल्लेख छ।
छानबिन समितिका एक सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सञ्चालकहरूले निर्णय गरेरै आर्थिक अनियमितता गरेको प्रमाण फेला परेको छ।
संसदीय समितिको निर्देशनपछि सरकारले शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।
कलेजको आर्थिक अनियमितता लुकाउन ७८ लाख रुपैयाँ घुस दिएको अभियोगमा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने र घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको दुई दिनपछि छानविन समितिले मन्त्रीलाई प्रतिवेदन बुझाएको हो।



लाेकपाटी न्यूज

