नेकपा प्रदेश ३ काे बैठक बस्दै, के-के छन् एजेण्डा ?

photo
लाेकपाटी न्यूज

काठमाडौं, १४ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटी बिहिबारबाट काठमाडौंमा बस्दै छ । प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ ।

आजबाट काठमाडौंमा शुरु बैठकले चार महिने कार्ययोजना पारित गरी गाउँ नेता कार्यकर्तालाई गाउँसम्म पठाउने प्रदेश कमिटी सचिव आनन्द पोखरेलले जानकारी दिए । प्रदेश कमिटीको पहिलो बैठकमा कमिटीमा १ सय १७ जना सदस्यलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराउने कार्यक्रम रहेको पोखरेलले बताए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किन ढिला हुने भएकाले ओली, महासचिव विष्णु पौडेल र सचिवलाय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले बैठकमा निर्देशन दिनेछन् । बैठकमा चैत १५ देखि असार मसान्तसम्मको कार्ययोजना पेश गरिने पोखरेलले बताए । यसक्रममा प्रदेश ३ का १३ वटै जिल्लामा भेला तथा प्रशिक्षण आयोजना हुने र स्थानीय तहका निर्वाचित पदाधिकारीलाई प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्