काठमाडौं, १४ चैत । एनसेल कार्यालयमा भएको बम बिस्फोटपछि नेत्रविक्रम चन्द विप्लव नेकपा समूहका १ सय ८४ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
१० फागुनमा ललितपुरको नख्खुमा एकजनाको ज्यान जाने गरी बम बिस्फोट भएपछि नेकपा विप्लव समुहप्रति सरकार आक्रामक बनेको छ । प्रहरीले यसबीचमा ४४ जिल्लाबाट विप्लवका एक सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय, काठमाडौंले सबैभन्दा बढी २२ जना पक्राउ गरेको छ ।
त्यसैगरी सिन्धुपाल्चोकबाट १७, तनहुँबाट १२, ललितपुरबाट १०, कास्कीबाट ९, इलामबाट ८, चितवनबाट ७, म्याग्दी र बाँकेबाट ६, अछामबाट ५, सप्तरी, सल्यान, सुनसरी, बारा, पर्सा, रुपन्देही, सर्लाही, सोलुबाट ४-४,
उदयपुरबाट २, कपिलवस्तु, कालिकोट, दाङ, धनकुटा, रोल्पन, प्युठान, शंखुवासभाबाट ३-३, डोल्पा, भोजुर, रामेछाप, रुकुम पश्चिम, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, रौतहट, लमजुङ, पाँचथर र मकवानपुरबाट २-२ र गोरखा, झापा, गुल्मी, कैलाली, धादिङ, तेह्रथुम, मोरङ र नुवाकोटबाट एक-एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थायी समिति सदस्य तथा मध्य कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) लगायत केन्द्रदेखि जिल्लास्तरसम्मका नेता–कार्यकर्ता रहेका छन् । उनीहरुलाई सम्बन्धित क्षेत्रमा अदालतमा पेश गरिएको छ ।



लाेकपाटी न्यूज

