काठमाडौं, १४ चैत । सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना जनरलहरुको सरुवा भएको छ । जंगी अड्डाले सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल) ढकाल पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा गरेको हो ।
ढकालले गत पुष अन्तिम सातामात्र सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । उनको ठाउँमा सहायकरथी विज्ञानदेव पाण्डे सैनिक प्रवक्तामा नियुक्त भएका छन्। सैनिक प्रवक्तामा नियुक्त भएका पाण्डे १९ वाहिनीमा कार्यरत थिए ।
यस्तै दामोदर थापा– उपत्यका पृतनामा, रामनाथ ढुंगाना– पोखरा पृतनामा, अर्जुन श्रेष्ठ– राष्ट्रिय निकुन्ज निर्देशनालयमा, हिरालाल जोशी शान्ति सेना निर्देशनालयमा, होमनाथ दवाडी– ५ नम्बर बाहिनीमा सरुवा भएका छन्।
त्यसैगरी सहायकरथी सुशील भण्डारी– १९ बाहिनी, सागर केसी– कल्याणकारी निर्देशनालयको निर्देशकमा, योगराज शर्मा– सम्भाररथीको कार्यालयमा, कुमार लामा– सैनिक गुप्तचर महानिर्देशनालयमा र दीपक बानिया २४ बाहिनीमा सरुवा भएका छन्। प्रधानसेनापति थापाले प्रधानसेनापतिको कार्यालयमा महासेनानी टंक भट्टलाई जिम्मेवारी दिएका छन् ।



लाेकपाटी न्यूज

