कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई 

Shivahari Ghimire
लाेकपाटी न्यूज

 

काठमाडौं, १३ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिक राष्ट्रिय दैनिकका सम्वाददाता शिवहरि घिमिरेलाई दिने भएको छ ।

घिमिरेसँग ८ वर्षको पत्रकारिता अनुभव छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे खोज पत्रकारितामा सक्रिय छन् ।

क्लबको आज बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुरस्कारको राशि २५ हजार रहेको छ ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्