अपांग बालबालिकाका लागि भत्ताको व्यवस्था गर्छौं : मन्त्री ज्ञवाली

pradip
लाेकपाटी न्यूज

काठमाडौं,१३ चैत। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शारीरिक र मानसिक अपांगता भएका बालबालिकाका लागि देशभरि नै पुनःस्थापना केन्द्र स्थापना र भत्ताको व्यवस्था गर्न लागेको बताए।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शारीरिक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिवार, समाज र देशले बोझका रुपमा लिन नहुने बताए।

कार्यक्रममा मन्त्री ज्ञवालीले मानसिक पक्षघात भएका बालबालिकाको पीडा समेटेर नरेशकुमार प्रधानको शब्दमा तयार पारिएको एउटा गीतको श्रव्यदृष्य सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्