मेयर दाहालले गरिन एसईई परीक्षाको अनुगमन

anugaman2
लाेकपाटी न्यूज

चितवन,१३ चैत। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार चितवनका विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गरेकी छन्।

प्रमुख दाहालले महानगरका ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेकी हुन्।

उनले चितवन मावि परीक्षा केन्द्र,बालकुमारी कन्या मावि र बालकुमारी मावि परीक्षा केन्द्रमा पुगेर अनुगमन गरेकी थिइन्।

उनिसँगै महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगर शैक्षिक महाशाखाका बाबुराम दवाडी, महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपीडित भण्डारी लगायतको टोलीले परीक्षाको अनुगमन गरेको थियो ।

अनुगमनपछि महानगर प्रमुख दाहालले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताइन्। उनले भनिन, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीहरुले पनि ढुक्कसँग परीक्षा दिइरहेको पाइयो।

’उनले अब हुने एसईईको बाँकी परीक्षाहरुलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीहरुलाई निर्देशन दिइन्।

प्रमुख दाहालले विद्यार्थीहरुलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गरिन्। बुधबार विद्यार्थीहरुले अनिवार्य गणितको परीक्षा दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्