नयाँ वर्ष न्युरोडमा स्मार्ट पार्किङ

pic 2
लाेकपाटी न्यूज

काठमाडौं, १३ चैत। केही काम परेर न्युरोड र आसपासका ठाउँमा जानुप¥यो भने राजधानीवासीलाई चिन्ता हुन्छ पार्किङ कहाँ गर्ने होला?

किनकी घना बस्ती, सीमित खुला ठाउँ र मानिसको बाक्लो चहलपहल हुने देशकै प्रमुख व्यापारिक केन्द्रमध्येको न्युरोडमा व्यवस्थित पार्किङ छैन्।

आउने वैशाखदेखि भने यो क्षेत्रमा जाँदा नागरिकले पार्किङको चिन्ता लिनु नपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ। नयाँ वर्षसँगै न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

महानगरले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको हो।

यो योजना लागु भएपछि मोबाइलबाट पार्किङ छ कि छैन भन्ने हेर्न सकिनेछ। ठाउँ खाली भए बुक पनि गर्न सकिने छ।

त्यसका लागि त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्नेछ। ह्विल्स टुली योर्स प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले पार्किङ बुकिङ १५ मिनेट अगाडिमात्र गर्न सकिनेछ।

त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलइडी स्त्रिन राखिएको हुन्छ। रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्।

पार्किङको लागि दुई पांग्रे सवारीले प्रतिघन्टा २५, चार पांग्रेले ६० र छ पांग्रेभन्दा माथिका सवारीले २०० रूपैयाँ तिर्नु पर्नेछ।

यी स्थानहरूमा एकपटकमा ८०० मोटरसाइकल र ४० गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ।

पार्किङलाई मर्यादित र व्यवस्थित बनाउन २४ जना पार्किङ अटेण्डेन्डकै शरिरमा गोप्रो लगाउने अग्रवालले जानकारी दिए ।

यो सेवा लिन मोबाइलमा ‘पार्क केटिएम’ नामक एप डाउनलोड गर्न गर्नुपर्नेछ। नया वर्ष अगावै यो एप एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध हुने अग्रवालले बताए।

काठमाडौं सहरको पार्किङ व्यवस्थापन प्राथमिकतामा रहेकाले नयाँ योजना लागु गर्न लागेको मेयर विद्यासुन्दर शाक्यले बताए।

‘न्युरोडमा सवारी लिएर जानु प¥यो भने उपभोक्ताहरूलाई पार्किङ गर्ने ठाउँ खोज्दाखोज्दै दिक्क हुन्छ,’ शाक्यले भने ‘पार्किङलाई सहज बनाउन सकियो भनेमात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्