आगलागीबाट ५६ लाख बढीको धनमाल जलेर नष्ट

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । भक्तपुर, मोरङ, लम्जुङ र धनुषाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सरस्वतीस्थान बस्ने पूर्णप्रसाद तिमिल्सिनाको गोठमा मंगलबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ ढुनिया बस्ती बस्ने अखलेस शाहको घरमा बिद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरि लम्जुङको बेंशीसहर नगरपालिका–७ भिमसेनस्थान बस्ने होमबहादुर रानाको घरमा टेलर संचालन गरी बसेका सर्लाही बागमती नगरपालिका–५ घर भएका उत्तरबहादुर परियारको कोठामा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट सोही घरमा रहेको नवलपरासी बर्दघाट नगरपालिका–४ बस्ने रिपेश थापाको कम्प्युटर ईन्ष्टिच्युट समेतमा आगलागी भई करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२३ माईस्थान बस्ने ४४ वर्षीय रुपेशकुमार झाको रेस्टुरेन्टमा सोमबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्