अध्ययनका लागि अमेरिका उडे गगन थापा

Gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका युवा नेता गगन थापा अध्ययनका लागि भन्दै अमेरिका प्रस्थान गरेका छन् ।

उनी दुई साताका लागि अमेरिका गएको बताइएको छ । हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिनु भएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेको छ।विश्वविद्यालयमा पढ्न आवेदन स्विकृत भएपछि दुई सातामा सो अध्ययनको समयावधि सकिने नेता थापाले जानकारी दिए।

उनलाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो। तर, त्यस बेला नेपालमा भर्खरै निर्वाचन सकिएर नयाँ सरकार बन्ने तरखर भईरहेकाले जान पाएनन्। यद्यपी नेता थापाले व्यक्तिगत कारणले अघिल्लो वर्ष जान नपाएको बताएका थिए। २ साताको छोटो अवधिमै अध्ययन सकेर नेता थापा चैत ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्