एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अपहरण, बिहे र बलपूर्वक धर्म परिवर्तन गराइएको भनिएका दुई हिन्दू किशोरीले उनीहरूले स्वेच्छाले इस्लाम धर्म अपनाएको बताएका छन् ।
उनीहरुले इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीशसँग आफुलाई १८ र २० वर्ष पुगिसकेको र आफुले स्वेच्छाले इस्लाम धर्म अपनाएको बताएपछि यस घटानाले नयाँ मोेड लिएको हो । दुवै पीडित किशोरीले उक्त अदालतमा एक याचिका दायर गरेका छन्, जसमा उनीहरूले सरकारी एजेन्सी तथा मिडियाले आफूहरूलाई दुख दिइरहेकाले त्यसमा रोक लगाउन माग गरेका छन्।
आफ्नो जीवन जोखिममा परेको भन्दै उनीहरूले सरकारसँग सुरक्षा माग गरेका छन्। उनीहरूको माग बमोजिम अदालतले इस्लामाबादका डिपुटी कमिश्नरलाई उनीहरूलाई सुरक्षा प्रदान गर्न तथा आश्रयस्थलमा पठाउन आदेश दिएको छ । अदालतले डिपुटी कमिश्नरको अनुमति विना उनीहरूलाई इस्लामाबादबाट बाहिर जान नदिन एवं उनीहरूका पतिहरूलाई पनि सुरक्षा दिन आदेश दिएको छ ।
अदालतमा प्रस्तुत याचिकामा दुई किशोरीले पाकिस्तानको संविधान बमोजिम आफूहरूलाई धर्म रोज्ने स्वतन्त्रता भएको उल्लेख गरेका छन्।उच्च अदालतका मुख्य न्यायाधीश अतहर मिनअल्लाहले केही शक्ति पाकिस्तानको छवि विगार्न प्रयासरत रहेको बताएका छन् । उनले भने, ‘पाकिस्तानमा अल्पसङ्ख्यकहरूको अधिकार पूर्ण रूपमा सुरक्षित छ । पाकिस्तानमा अल्पसङ्ख्यकहरूको अधिकार अन्य देशमा भन्दा ज्यादा छ ।
तर, भारतकी विदेशमन्त्री सुष्मा स्वराजले यस मामिलालाई लिएर तीन ट्वीट गरेकी छन्। उनले भनिन्, पाकिस्तानमा हिन्दू किशोरीको जबरजस्ती धर्म परिवर्तनस् किशोरीहरूको उमेरलाई लिएर कुनै विवाद छैन । रवीना केवल १३ वर्षकी भइन् र रीना १५ वर्षकी । नयाँ पाकिस्तानका प्रधानमन्त्रीले पनि यो मान्ने छैनन् कि त्यति उमेरका किशोरीहरूले स्वेच्छाले धर्म परिवर्तन या विवाहको निर्णय लिन सक्छन्। दुवै किशोरीलाई न्याय मिलोस् र उनीहरूलाई परिवारसमक्ष लगियोस्।
ती किशोरीका पिताले आफ्ना दुवै छोरी नाबालिग रहेको र तिनको उमेर १३ र १५ वर्ष रहेको बताएका छन्। एउटा भिडिओ क्लिप पनि सार्वजनिक भएको छ, जसमा पिता हरि लालले भनेका छन्, उनीहरू बन्दूक लिएर आए र मेरा छोरीलाई अपहरण गरेर लगे । यो घटना भएको ८ दिन भइसक्यो तर यस मामिलामा अहिलेसम्म केही कारबाही भएको छैन ।हामीलाई कसैले केही बताएको छैन । म खालि यति भन्न चाहन्छु कि कोही आउन् र मलाई मेरा छोरीहरू ल्याइदिउन्।
प्रहरीले आज नभए भोलि यो मामिला सुल्झिन्छ भनेको छ । तर अहिलेसम्म केही भएको छैन ।त्योबाहेक अर्को एउटा भिडिओ पनि सामाजिक सञ्जालमा देखिएको छ, जसमा दुवै किशोरी रोइरहेको र विवाहपश्चात् उनीहरूलाई मारपिट गरिएको बताएको देखिन्छ । तर, मङ्गलवार इस्लामाबादको उच्च अदालतमा भने सो भिडिओबारे कुनै प्रसङ्ग उठेन ।
ती किशोरीको मामिलालाई लिएर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिन्ध तथा पञ्जाब प्रान्त सरकारसँग जाँच गर्न आदेश दिएका छन्।त्यही मामिलामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा पाकिस्तानी सूचना मन्त्री चौधरी फव्वाद हुसैनबीच पनि ट्वीटरमा वादविवाद भएको छ ।
पाकिस्तानी मन्त्री हुसैनले पाकिस्तानमा अल्पसङ्ख्यकहरूप्रति सम्मान रहेको बताएका छन्। उनले भने, जबदेखि इमरान खानले पाकिस्तानको सत्ता सम्हाले तबदेखि हामीले नयाँ पाकिस्तानको जग बसालिरहेका छौं । हामी एकदमै स्पष्ट के छौं भने हाम्रो देशको झण्डामा रहेको सेतो रङ्गसँग हामीलाई उत्तिकै प्रेम छ जति हामीलाई अर्को रङ्गसँग छ ।
भारतीय विदेशमन्त्रीको टिप्पणीबारे बोल्दै उनले अन्य देशमा रहेका अल्पसङ्ख्यकहरूप्रति गरिने व्यवहारप्रति स्वराजले देखाएको अनुभूतिले खुसी दिलाएपनि त्यस्तो व्यवहारबारे आफ्नै देशमा भइरहेका गतिविधिमा केन्द्रीत भए अझ राम्रो हुने बताए ।



लाेकपाटी न्यूज

