कावासोती,चैत १२ । विप्लव नेतृत्वको नेकपा नवलपुरका जनपरिषद् प्रमुख दानबहादुर आचार्य पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार विप्लव नेतृत्व नेकपाका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्यलाई विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीस्थित उनकै घर नजिकैबाट मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
प्रवक्ता रानाभाटले जिल्लामा विप्लवका गतिविधि रोक्नका लागि सुरक्षा सतर्कता व्यापक रुपमा बढाएको बताए । सोमबार विप्लव नेतृत्वको नेकपा पश्चिम नवलपरासी इन्चार्ज सुमन ज्ञवालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
ज्ञवालीलाई गत फागुन २९ गतेको नेपाल बन्दका क्रममा पश्चिम नवलपरासीको सरावलमा दुई वटा ट्रकमा आगजनी गरेको अभियोगमा मुद्दा चलाइ कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकोछ ।



लाेकपाटी न्यूज

