यो वर्ष ४० करोड बढी फिचर फोन बिक्री हुने

feature phone
लाेकपाटी न्यूज

काठमाडौं । आउँदो ३ वर्षभित्रमा विश्वमा १ अर्बभन्दा धेरै फिचर फोनको बिक्री हुनेछ । जसबाट विश्वमा करीब १६ अर्ब डलर बराबरको आम्दानी हुनेछ ।


काउन्टर प्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टले स्मार्टफोनको यो युगमा पनि किप्याडवाला मोबाइल फोन अथवा फिचर फोनप्रति मानिसहरुको लगाव बढ्दै गएको देखाएको हो ।

रिपोर्ट अनुसार, फिचर फोनको बिक्रीको मामिलामा भारत सबैभन्दा अगाडि रहनेछ । भारतपछि बंगलादेश र नाइजेरियामा सबैभन्दा धेरै यी मोबाइल फोन बिक्ने छन ।

गत वर्ष सन् २०१८ मा विश्व बजारमा पहिलोपटक स्मार्टफोनको बजारमा सुस्तता देखा परेको छ । जबकि फिचर फोनको बजार पछिल्लो ३ वर्षदेखि लगातार वृद्धि भइरहेको छ ।
यो वर्ष सन २०१९ मा विश्वभरमा ४० करोडभन्दा धेरै फिचर फोन बिक्री हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्