‘प्रचण्ड फर्केलगत्तै एकता टुंगिन्छ’ : प्रधानमन्त्री ओली

KP Sharma Oli
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीले पार्टी एकता छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट फर्केलगत्तै पार्टी एकता टुंगोमा पुग्ने बताएका हुन्। पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

उनले भने ‘अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कनेवित्तिकै एकताका सबै काम टुंगिन्छन्।’ प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताए। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको उनको भनाइ थियो।

‘देशमा नेकपाजस्तो स्पष्ट नीति, लक्ष्य भएको अर्को पार्टी छैन। हाम्रो स्पष्ट लक्ष्य छ समृद्धिसहितका सुखी नेपाली’, उनले, ‘यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्