काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कालिकोट जिल्ला जनसरकार प्रमुख धनराज शाही पक्राउ परेका छन् ।
कालिकोट जिल्ला जनसरकार प्रमुख तथा बुद्धिजीवी परिषदका अध्यक्ष शाही कालिकोटबाट पक्राउ परेको कालिकोटका डीएसपी दिनेश शर्माले जानकारी दिए । उनलाई सोमबार कालिकोटको राताडाबाबाट पक्राउ गरिएको हो । पक्राउ परेका शाहीको साथबाट ३२ थान जिलेटिन, इलेक्ट्रिकल डेटोनेटर, १ केजी बारुद र तयारी अवस्थामा रहेको एम्बुस बरामद गरिएको डीएसपी शर्माले बताए ।
पक्राउ परेका शाहीविरुद्ध हातहतियार खरखजना तथा राज्यविरुद्धको अपराधको मुद्दा लगाउने तयारी भइरहेको पनि उनले बताए ।



लाेकपाटी न्यूज

