अब राेबाेट नेपालका रेस्टुराँ, बैंक र विद्यालयमा पनि

robot 2
लाेकपाटी न्यूज

काठमाडौं । नेपालमा पनि रोबोटको प्रयोग बढ्न थालेको छ । केपालका केहि रेस्टुरेन्ट तथा बैंकले यन्त्रमानव अर्थात् रोबोटको प्रयोग गर्न थालेका छन् ।

विश्वका धेरै देशमा विभिन्न क्षेत्रमा रोबोटको प्रयोग हुने गरेको छ । तर, नेपालमा यसको प्रयोग नौलो मानिन्छ । केही महिनादेखि काठमाडौंका केही रेस्टुराँमा पनि रोबोटलाई वेटरको रूपमा प्रयोग गरिएको छ । ग्राहकहरू रोबोटको सेवाबाट सन्तुष्ट बनेको व्यवसायीको भनाइ छ ।

त्यस्तै एउटा बैंकले आफ्ना सेवाबारे जानकारी दिनका लागि रोबोटको प्रयोग गरेको छ । एस आई वि बैंकमा रोबोटका माध्यमबाट आफ्ना सेवाहरु बारे सुचना दिने गरिएको छ । ललितपुरस्थित एक विद्यालयमा पनि रोबोटको प्रयोग गरेर अध्यापन गर्न थालिएको बताइएको छ ।

रोबोट एक मानव निर्मित मेसिन हो जसले कुनै गल्ती नगरी थोरै समयमा धेरै कामहरु गर्दछ । रोबोट मानिस जस्तै देखिन्छ र यो मानिस जस्तै बोल्न सक्छ । अहिले यसप्रति नेपालको आर्कषण बढ्दो छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्