‘सरकारसँग जनता सन्तुष्ट छैनन्’ : डा. भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारबाट नेपाली जनता सन्तुष्ट नभएको बताएका छन् । उनले सरकारको एक वर्षे कार्यकाल असफल भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले यो वर्ष बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारको एकवर्षे कार्यकालबाट नेपाली जनता नै असन्तुष्ट रहेको दाबी गरे । उनले भने, ‘राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ ।’

जनताको अपेक्षाअनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको उनको भनाइ छ ।

संयोजक भट्टराईले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको दाबी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्