एजेन्सी । वेलायतमा मरेको मुसाभित्र लागूपदार्थको तस्करी हुने गरेको छ । वेलायतको डोरसेटमा रहेको गाइज मार्स जेलमा मरेको मुसाभित्र ड्रग्स, सुर्ती, मोबाइल फोन तस्करी हुने गरेको खुलासा भएको हो ।
यसै महिनाको सुरुवातमा उक्त जेलभित्र ३ वटा मरेको मुसा भेटिएका थिए । प्रहरीले मुसा सिलाइएको अवस्थामा देखेपछि त्यसलाई खोलेको थियो । प्रहरीले मुसाको माध्यमबाट जेलभित्रै तस्करी हुने गरेको पत्ता लगाएको हो ।
प्रहरीका अनुसार जेलमा मुसाको माध्यमबाट तस्करी भएको यो पहिलो घटना हो । जेल बाहिरको काँडे बारबाट मरेका मुसा फालिने गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको छ । कैदीलाई भेट्न आउने मानिसहरु यस तस्करीको योजनाकार भएको बताइएको छ । मुसाभित्र मोबाइल फोन, सिमकार्ड, चार्जर, लागूपदार्थ, सुर्तीहरु फेला परेका छन्।



लाेकपाटी न्यूज

