‘विप्लवसँग तत्काल वार्ता हुँदैन’: रक्षामन्त्री पोखरेल

Ishwor-Pokhrel
लाेकपाटी न्यूज

विराटनगर ११ चैत । रक्षामन्त्री ईश्वर पोखरेलले तत्काल विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।

विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता आपराधिक काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको उनको भनाइ छ । विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए ।

‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उनले दोर्होयाए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनको दाबी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्