रेस्टुरेन्टमा प्रहरीले छापा मार्दा विदेशीसहित ५८ पक्राउ

arrested
लाेकपाटी न्यूज

पोखरा, ११ चैत । पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जना पक्राउ परेका छन् । प्रहरीले लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा छापा मर्दा ५८ जनालाई नियन्त्रणमा लिएको हो ।

रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो । वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताए । होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी प्रहरीले बताएको छ । बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए । प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागू औषधसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्