विप्लवका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द विप्लव समूहका अर्का नेता घनश्याम श्रेष्ठ पनि पक्राउ परेका छन् ।

तेस्रो वरियताका नेता हेमन्तप्रकाश वली पक्राउ परेको केही दिनपछि नै कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य समेत रहेका श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन ।

सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरिएको थियो ।

राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्