जिल्ला भ्रमणमा कांग्रेसका तीन नेता, को कहाँ जाँदै छन् ?

photo
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । नेपाली काँग्रेसका प्रमुख तीन नेता जिल्ला भ्रमणमा निस्केका छन् । महामन्त्री डा. शशांक कोइराला,वरिष्ठ नेता राचन्द्र पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंह जिल्ला भ्रमणमा निस्केका हुन् ।

नेता पौडेल र पूर्व महामन्त्री सिंह ५ जिल्ला भ्रमणमा निस्किएका छन् भने महामन्त्री डा. शशांक कोइराला पश्चिम नेपालको भ्रमणमा निस्केका छन् । महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम तय छ ।

उनी आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। चैत्र ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव भरत तिवारीले जानकारी दिए ।
महामन्त्री कोइराला बाँकेपछि दाङ जाने कार्यक्रम छ । कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ ।

उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्ने बताइएको छ । उनी १६ गते गुल्मी बस्ने र चैत्र १७ गते काँग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । कोइरालाका साथमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कल्याण गुरुङ पनि सहभागी छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्