‘भारतले चाहेर पनि चिनियाँ सामान रोक्नै सक्दैन’

China_India
लाेकपाटी न्यूज

काठमाडौं। पछिल्लो फेब्रुअरी १४ मा भएको भारतको पुलुवमा घटनाका मुख्य आरोपी मसूद अजहरलाई संयुक्त राष्ट्र संघबाट आतंककारी घोषणा गर्नेबारे चीनले असहमति जनाई दिएपछि भारत चीनसँग रुष्ट छ। यही आक्रोशबीच भारतले चिनियाँ सामान प्रतिबन्ध लगाउने नीति समेत लिएको छ।

भारतमा यस्तो ह्वीम नै चलेको छ कि भारतमा चिनियाँ सामानहरु प्रतिबन्ध लगाउनका लागि सबै एकजुट भएका छन्। यसैबीच चीनको सरकारी सञ्चार संस्था ग्लोबल टाइम्सले एक आर्टिकलमार्फत् जति बाइकट गरेपनि चीनको सामान नकिनी सुख छैन भन्नेजस्तो अभिव्यक्ति दिएका छन्।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सको आलेखमा भनिएको छ ‘मसूद अजहरलाई वैश्विक आतंककारी घोषित गर्ने प्रयासलाई यूएनमा चीनद्वारा रोक भएपछि भारतमा आक्रोश बढेको छ। यसका कारण भारतको सामाजिक सञ्जालहरुमा ‘बाइकट चाइनिज प्रोडक्ट्स व्यापक लोकप्रिय बनेको छ। तर, यो प्रयास हरेक पटकको जस्तै यस पटक पनि असफल भएको छ। ग्लोबल टाइम्स अखबारले भनेको छ कि भारत स्वयं प्रोडक्ट्सको उत्पादन गर्न सक्दैन।’

भारतीय मैन्युफैक्चरिङ्ग इण्डस्ट्री अझै पनि अविकसित रहेको छ। यसमा प्रतिद्वन्द्विताको क्षमता समेत छैन। यहि स्थितिमा भारतले नचाहँदा नचाहँदै पनि चिनियाँ प्रोडक्टलाई प्रयोग गर्नैपर्छ। यो लेखमा पछिल्ला केही वर्षदेखि भारत र चीनबीचको सम्बन्ध एकदमै सुधार भएको कुरा पनि उल्लेख गरिएको छ। चीन समेत भारतको व्यापार घाटालाई कम गर्ने कोशिश गरिरहेको छ ।’

भनिएको छ, ‘तर, यसको साथ साथ यो पनि भनेको छ कि यदि अब आउने लोकसभा चुनावमा प्रत्यासी राष्ट्रवादका लागि र सस्तो लोकप्रियताका लागि चीनलाई डर देखाइयो भने यो भारतका लागि घाटा हुनसक्छ।’

रिपोर्टका अनुसार यो हथकण्डा देशको अर्थव्यवस्था, म्यान्युफ्याक्चरिङ्ग या मानिसको जीवनस्तरलाई सुधार्न सकिँदैन। अखबारले भारतीय नेताहरुलाई ट्विटरमा नारा बनाउनुको साटो देशलाई मजबूत बनाउन पनि सुझाव दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्