‘तलव महिनामा होइन, हप्तामा दिने गरौं’

Kalyan-Gurung
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता कल्याण गुरुङले नीजि र सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई हप्ता–हप्तामा तलव दिनुपर्ने धारणा राखेका छन्।

उनले लेखेका छन्, ‘अब तलब महिनामा होइन, हरेक हप्ता दिने कानून संसदबाट निर्माण गर्नका लागि गम्भिर बहस गरौं। नेपालमा सरकारी र निजी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरूलाई महिनामा एक पटक तलब दिइन्छ। अझ सरकारी विद्यालयका शिक्षकहरुको तलब ४ महिनामा एकपटक दिइन्छ।’

उनी थप्छन्, ‘यसो गर्दा एक वर्षमा जम्मा १२ पटक मात्र देशमा पैसा बजारमा प्रवाह हुन्छ। यसले कुनै लाभदायक प्रतिफल दिँदैन। देश विकासका लागि देशमा पैसाको प्रवाह (मौद्रिक प्रवाह) बढी हुनु आवश्यक हुन्छ। त्यसैले नेपालमा सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारी र शिक्षकहरुको तलब हरेक हप्तामा दिने कानून हुनुपर्दछ।’

गुरुङ लेख्छन्, ‘यसो गर्दा वर्षमा कम्तिमा ५२ पटक पैसा देशमा प्रवाह हुन्छ। देशमा विकासको गतिलाई तीब्र तुल्याउने हो भने बहुलवादमा आधारित बहुदलीय लोकतन्त्र र मुद्रा (पैसा) लाई सुत्न दिनु हुँदैन। बजारमा जति बढी पैसाको प्रवाह हुन्छ, रोजगार त्यति नै धेरै बढछ।’

उनले यो व्यवस्थाका लागि लविङ गर्न अपील पनि गरेका छन्। उनले लेखेका छन्, ‘आऔं सबै मिलेर नेपालमा सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारी र शिक्षकहरु लगायत काम गर्ने “सबैको तलब हरेक हप्ता दिने कानून संसदबाट निर्माण गर्नका लागि” गम्भिर बहस र छलफल सञ्चालन गरौं।’

‘देशमा जति धेरै मौद्रिक प्रवाह र कारोबार बढछ, लगभग त्यति नै धेरै मात्रामा रोजगारीका अवसरहरु सिर्जना हुन्छन्। यसले बेरोजगारहरुले रोजगार पाउने प्रशस्त अवसरहरु सिर्जना हुन्छन्’ गुरुङ लेख्छन्, ‘हरेक हप्ता तलब दिने कानून संसदबाट निर्माण हुनु आवश्यक हुन्छ। गम्भिर बहस गरौं। झट्ट सुन्दा गाह्रो काम लागे पनि संसदबाट कानून निर्माण भएपछि यो काम सजिलो, सम्मानित र नियमित जस्तै लाग्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्