हातेमालो समूह आबुधबीको आयोजनमा भएको ‘होली विशेष कार्यक्रम’ २२ मार्च २०१९ शुक्रबारका दिन अबुधबीको मुसफ्फा पार्कमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।
उक्त कार्यक्रम संस्थाका महासचिव प्रविन निरौलाले सुरु गरे। संस्थाका अध्यक्ष राज राईबाट औपचारिक रुपमा स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु भई बेलुकी ७ बजे समापन गरिएको थियो। उक्त कार्यक्रममा करिब करिब १०० जना जति नेपालीहरुको उपस्थिति थियो।
नेपालमा होली बुधबार र बिहीबार भए पनि यहाँ सबै जनाको बिदा शुक्रबार पर्ने भएको हुनाले यहाँ शुक्रबार होली मानाइएको हो। कार्यक्रममा विभिन्न किसिमका नेपाली परिकारहरुको साथमा सबै नेपालीहरु होलीका रंगसंगै झुमेका थिए।
हातेमालो समूह नेपालको कुनै एउटा जिल्ला प्रदेश नभई नेपालभरि छरिएर बसेका नेपालीहरुको साझा संस्था हो। यो संस्था २०१६ मा स्थापना भएको हो, यसले नेपाल तथा युएईमा दुख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।



लाेकपाटी न्यूज

