काठमाडौं, ९ चैत । बिराटनगरमा रहेको स्मृती ईङ्गिलिस बोर्डिङ स्कुल’को बार्षिक उत्सवको अवसरमा स्कुलकोतर्फबाट धुर्मुस–सुन्तली फाउण्डेशनलाई १ लाख ५० हजार रुपैंया सहयोग प्रदान गरिएको छ ।
फाउण्डेशनलाई स्कुलले आफ्नो स्कुलको खाता रहेको एन आई सी एशिया बैंकको चेक हस्तान्त्रण गरेको हो । यस्तै कार्यक्रममा सहभागी भइरहँदा उपस्थित केशव श्रेष्ठले ५ हजार, कान्तिपुर एजुकेशन, मोरङले १० हजार, बाबुराम शर्मा लुईटेलले ५ हजार र ऋषिदेवले १ हजार रुपैंया सहयोग प्रदान गरेका छन् ।
‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔँ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ भन्ने मूल नारा बोकेर धुर्मुस–सुन्तली फाउण्डेसन अन्तर्राष्ट्रिय रंगशाला बनाउन
लागि परेकोे छ ।
पछिल्लो समय सामाजिक अभियानमा निकै सक्रिय रहंदै आएका धुर्मुस–सुन्तली पछिल्लो योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला रहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोगी हातहरु निकै बढीरहेका छन् ।



लाेकपाटी न्यूज

