ललितपुर, ९ चैत । ललितपुरको एक होस्टेलमा बस्ने एक छात्रा शंकास्पद अवस्थामा मृत भेटिएकी छिन्।
ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गल्र्स होस्टलमा बस्ने १५ वर्षीया छात्र मृत फेला परेकी हुन् । कक्षा १० मा पढ्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै मृत फेला परेकी हुन्। प्रहरीका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुन्डिएको अवस्थामा रानाको शव भेटिएको थियो ।
तर, रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको चापागाउँस्थित महानगरीय प्रहरी वृत्तले जानकारी दिएको हो ।



लाेकपाटी न्यूज

