‘विप्लवसँग वार्ता गर्न तयार छौं’

Narayankaji
लाेकपाटी न्यूज

गोरखा, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।

तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनको भनाइ छ । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाँहरुले गरेको क्रियाकलाप गलत छ’ उनले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’

शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल र्पुयाउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्