वीरगञ्ज, ९ चैत । वीरगञ्जमा स्वाइन फ्लुबाट एकजनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण निधन भएको उनका पारिवारिक श्रोतले जनाएको छ ।
करिब १५ दिनदेखि अस्वस्थ रहेका कासरियाको ५१ बर्षको उमेरमा गएराति निधन भएको हो । उनी अस्वस्थ भएपछि वीरगञ्जमा उपचार गराउँदा पनि सुधार नआउँदा उनलाई थप उपचारको लागि पटना लगिएको थियो । पटनामा उपचारका क्रममा उनलाई स्वाइन फ्लु भएको पुष्टि भएको हो ।
कासरियाको स्वास्थ्य थप जटिल बन्दै गएपछि कासरियालाई थप उपचारको लागि लखनऊ लैजादै गर्दा उनको मृत्यु भएको उनका भतिजा अमित अग्रवालले जानकारी दिए ।



लाेकपाटी न्यूज

