सिन्धुली, ९ चैत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार असफल भएको बताएका छन् ।
उनले सिन्धुलीमाढीमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुलीको २१ औं जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै वर्तमान सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, दैनिक बलात्कारका घटनाहरु बढिरहेको बताए । उनले वाइडबडी विमान खरिदमा मात्र चार अर्ब भ्रष्टाचार गरेको, दिनानुदिन भ्रष्टाचार बढिरहेको र भ्रष्टाचारले प्रजातन्त्रलाई नै खतरामा पारेको स्पस्ट पारे ।
एक फरक प्रसङ्गमा बोल्दै नेता पौडेलले निर्वाचनको हारको जिम्मा सबैले लिनुपर्ने र हार स्वीकार गरी अगामी दिनमा राजनीतिक रुपमा शशक्त बन्नुपर्ने बताए ।



लाेकपाटी न्यूज

