कस्तो छ शिक्षामन्त्रीको स्वास्थ्य ?

Girirajmani
लाेकपाटी न्यूज

काठमाडौँ, ८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको स्वास्थ्यमा सुधार आएको छ।

ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत रहेका उनको स्वास्थ्यमा सुधार भइरहेको उहाँका स्वकीय सचिव पुरन केसीले जानकारी दिए। पेट दुख्ने समस्या भएपछि मन्त्री पोखरेल बिहीबार अस्पताल भर्ना भएका थिए।

उनको उपचारमा जनरल फिजिसियन प्रा.डा. पारसकुमार आचार्यकाे टाेली संलग्न रहेको छ। शुरुमा मध्यबानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएपछि पुनः स्वास्थ्यमा समस्या अएपछि उनी पाटन अस्पताल भर्ना भएका हुन्।

अहिले उनको सामान्य श्ययामा राखी उपचार भइरहेको छ। स्वास्थ्यमा सुधार हुँदै गएकाले एक–दुई दिनमा मन्त्री पोखरेल डिस्चार्ज हुने केसीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्