काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् ।
सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो उनले गरेका हुन् । शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा उनले विकास निर्माणको काममा सरकारले बाधा र्पुयाएको आरोप लगाए । सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ ।
नेता सिंहले भने, ‘दुई तिहाई प्राप्त सरकारले के गरेको छ ? निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ, आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ ।’
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ? वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो । हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन ।’
अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा उनको जोड थियो । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्यो त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले ‘टेकअफ’ गर्न सक्छौं ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरि अधिनायकवाद लादन्न उदत रहेको भन्दै सामाजिक सञ्जाल नियन्त्रणका नाउमा नागरिक को बोल्न पाउने अधिकार समेत खोस्न लागेको प्रति सचेत रहन आग्रह गरे ।
उनले यतिबेला प्रधानमन्त्री ओली संसदिय मुल्यमान्तालाई तिरसकार गर्दै योजनाबद्ध रुपमा अगाडि बढेकाले संविधान नै संकटमा परेको बताए । आफुहर संविधान बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्न लागिपरेको उनको भनाइ छ ।



लाेकपाटी न्यूज

