काठमाडौं, ८ चैत । चैत १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् ९एसईई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
मुलु्क संघीयतामा गइसकेपछि पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले नै गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने बताए ।



लाेकपाटी न्यूज

