यी हुन् सन् २०१९ मा चुनाव हुने ५० मुलुक (नामसहित)

voting
लाेकपाटी न्यूज

एजेन्सी । सन् २०१९ मा विश्वभरका ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने भएको छ । यस वर्ष ५० भन्दा बढी मुलुकका २ अर्ब मतदाता सरकार प्रमुख चुन्नका लागि भोट हाल्ने भएका हुन् ।

यही वर्ष संसारकै सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा ८० करोड मतदाताले भोट हाल्दैछन् । त्यस्तै इन्डोनेशियाका १८ करोड ७० लाख र नाइजेरियाका ८ करोड ४० लाख मतदाताले नयाँ नेतृत्व चुन्दैछन् । राष्ट्र प्रमुख चुन्नका लागि विश्वभरमा मुख्यतः तीन प्रकारका मतदान पद्धति अपनाउने गरेको पाइन्छ ।

राष्ट्रतीय निर्वाचन
यो चुनावमा मतदाताले राष्ट्र प्रमुख वा राष्ट्रपति चुन्छन् । राष्ट्रपतिले राजनीतिको सर्वोच्च पद सम्हाल्छन् र आधिकारिक रुपमा मुलुकको प्रतिनिधित्व गर्छन् ।

संसदीय निर्वाचन

यो वैधानिक निकाय आम मतदाताको मतदानबाट चुनिने गर्छ । संसदबाट नै सरकार प्रमुख वा प्रधानमन्त्री निर्वाचित हुन्छन् । संसदले नै कानुन बनाउँछ र सरकारको दैनिक काम कार्वाही चलाउने गर्छ । दक्षिण अफ्रिका, ब्राजिल र अमेरिका जस्ता प्रधानमन्त्री नभएका मुलुकमा राष्ट्रपतिनै राष्ट्र प्रमुख र सरकार प्रमुख हुन्छन् ।

आम निर्वाचन

यस्तो खलाको चुनावबाट राष्ट्र प्रमुखसँगै संघ वा प्रदेश प्रमुख र स्थानीय जनप्रतिनिधि चुनिने गर्छन् ।

विश्वको ९० प्रतिशत मतदाताले १८ वर्षपछि मदतान गर्न पाउँछन् । तर अर्जेन्टीना, अष्ट्रिया, ब्राजिल, क्यूवा लगायत विश्वका ७ मुलुकमा १६ वर्षको उमेर पुुगेपछि मतदान गर्न पाइने व्यवस्था छ । इथियोपिया, इण्डोनेशिया लगायत चार मुलुकमा मतदाताको उमेर हद १७ वर्षको छ । नेपाल सहित विश्वका १ सय ६० मुलुकमा १८ वर्ष पुुगेका नागरिक नावालिग हुन्छन् । विश्वको एक मात्रै मुलुक दक्षिण कोरियामा मतदाता बन्न १९ वर्ष पुुग्नुुपर्छ । त्यस्तै क्यामरुन र नाउरुमा नाबालिग बन्न २० वर्ष पुुग्नुुपर्छ भने लेबनन, मलेशिया, सामोआ, सिंगापुर र टोंगा सहित ५ मुलुकमा मतादाता बन्ने उमेर हद २१ वर्षको राखिएको छ ।

कैदीबन्दीले मतदान गर्न पाउने नपाउने भन्ने नियम मुलुक अनुसार फरक छन् । सालाखाला विश्वका एक तिहाइ मुलुकमा कैदीबन्दीले पनि मतदान गर्न पाउँछन् । एक तिहाइ मुलुकले, सजायको प्रकृति हेरेर भोट हाल्न पाउने नपाउने प्रावधान राखेका छन् भने बाँकी एक तिहाइ मुलुकले कैदीबन्दीलाई भोट हाल्न नदिने नियम बनाएका छन् ।

नेपाल सहित विश्वका ५२ मुलुकमा कैदीबन्दीले भोट हाल्न पाउँछन् । ६५ मुलुकमा केही (सजायको प्रकृति हेरेर) कैदीले भोट हाल्न पाउँछन् भने बेलायत, न्यूजिल्याण्ड, रसिया, अर्जेन्टीना लगायत ६० मुलुकमा कैदीबन्दीलाई भोट हाल्ने अधिकार दिइएको छैन ।

कुन कुन मुलुकमा सबै नागरिकले मतदान गर्न पाउँछन् ?

सन् १८९३ मा न्यूजिल्याण्डले पहिलो पटक महिलालाई मतदानको अधिकार दिएको थियो । १९५० को दशकसम्म आइपुुग्दा विश्वका दुुई तिहाइ मुलुकले सबै प्रौढ नागरिकलाई मतदानको अधिकार दिए । १९९४ मा मात्रै अफ्रिकन क्षेत्रमा दक्षिण अफ्रिकाले सबभन्दा पछिल्लो पटक सबै बालिग नागरिकलाई मतदानको अधिकार दियो । अफगानिस्तानमा भने पटक पटक महिलाले मतदानको अधिकार पाउने र गुमाउने क्रम जारी रह्यो । सन् २००४ पछि मात्रै त्यहाँका महिलाले मतदानको अधिकार पाए ।

विश्वका अधिकांश मुलुकमा एकदेखि दुई कार्यकालका लागि मात्रै सरकार प्रमुखको चुनाव लड्न पाउने व्यवस्था छ । तर बेलायत र न्यूजिल्याण्डमा सरकार प्रमुखले राजीनामा नदिसम्म वा संसदमा बहुमत गुमाएसम्म सरकार प्रमुखले शासन गरिरहन पाउँछन् । भेनेजुएला सहितका केही मुलुकमा सरकार प्रमुखको कार्यकाल तोकिएको हुँदैन तर निश्चित अबधिपछि मतदाताले चुनाव आह्वानका लागि दरखास्त, निवेदन हाल्न पाउने प्रावधान छ ।

विश्वका ३४ मुलुकमा एक कार्यकालका लागि मात्रै सरकार प्रमुखको जिम्मेवारी समाल्न पाइन्छ । ८५ मुलुकमा २ वटा कार्यकाल तोकिएको छ भने, ५९ मुलुकमा कुनै निश्चित कार्यकाल तोकिएको छैन । नेपालमा एउटै व्यक्ति २ पटक राष्ट्रपति बन्न पाउँछन् । तर प्रधानमन्त्री भने जतिपटक पनि बन्न पाउँछन् ।