काठमाडौं, ८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या आएका कारण उनी पाटन अस्पताल भर्ना भएका हुन्। सुगरको औषधि सेवन गर्दै आएका मन्त्री पोखरेल बिहीबार अपराह्नदेखि अस्पतालमा भर्ना भएका छन्। पछिल्लो तीनरचार दिनदेखि उनमा फुड प्वाइजनको समस्या देखिएको बताइएको छ ।
गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ,’ मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ ।’
पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।



लाेकपाटी न्यूज

