रेल किन्न ८४ करोड ६५ लाख स्वीकृत

Train001
लाेकपाटी न्यूज

काठमाडौं, ७ चैत । सरकारले जी टु जी प्रकृयाबाट रेल किन्ने भएको छ । सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल किन्न लागेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले विभागलाई स्वीकृती दिएको बताए ।

उनले भारतीय सरकारी कम्पनी कोकान रेलवेयस कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल किन्नका लागि रेल विभागलाई स्वीकृति दिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्