स्याङ्जा, ७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता डा. शेरबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
स्याङ्जा भीरकोट नगरपालिका १,मा बस्दै आएका डा. थापाले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै विप्लव त्यागेको घोषणा गरेका हुन् । २०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थापा तत्कालीन एमालेसँग आबद्ध हुँदै पछि नेकपा एकीकृत माओवादीमा रहेर काम गर्दै आएका थिए ।
एमाओवादी फुटेपछि वैद्य नेतृत्व माओवादी हुँदै विप्लव समूहमा आबद्ध डा. थापा स्याङ्जाका राम्रा कम्युनिष्ट नेतामध्ये एक हुन् । भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दिपेन्द्र केसीसहितको रोहबरमा थापाले प्रेस विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका छन् ।
थापाले नेकपा एमाओवादीको जिल्ला सदस्य, वैद्य नेतृत्वको माओवादीको जिल्ला सदस्य, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जिल्ला सचिव रहेर काम गरेका थिए ।



लाेकपाटी न्यूज

