काठमाडौं, ७ चैत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियामा ढिलाइ भएको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उनले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पारे । नेकपाका सचिवालय सदस्य पोखरेलले भने, ‘एकता प्रक्रियालाई स्पष्टरूपमा अगाडि बढाउन जरुरी छ, कतिपय तल्ला तहबाट मिलेको पनि पाइएको छ, तल्ला तहहरु आफैँ मिलेर आउँदा एकता प्रक्रियामा अझ सहज हुने थियो ।’
तत्कालीन नेकपा ९एमाले० जनताको बहुदलीय जनवादको धारलाई लिएर अगाडि बढेको स्मरण गराउँदै मन्त्री पोखरेलले भने, ‘दुवै पार्टीका राम्रा कुरालाई लिएर अगाडि बढ्नेभन्दा अलमल भइरहेको छ, स्पष्ट विचार लिएर छिटो अघि बढ्न जरुरी छ ।’उनले अस्पष्ट विचार लिएर बस्दा गन्तव्यमा पुग्न नसकिने हुँदा पार्टीले स्पष्ट विचार लिएर पार्टीलाई साङ्गठनिकरूपमा अगाडि बढाउन जरुरी भएको बताए ।
सरकारकाले जनअपेक्षाअनुरूप काम गर्न खोजिरहेको र कानून बनाउन केन्द्रीत हुनुपर्ने भएको हुँदा केही ढिलाइ भए पनि अब द्रुत गतिमा काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।



लाेकपाटी न्यूज

