काठमाडौं, ६ चैत । देशभर नै होलीको रौनक छाएका बेला काठमाडौंको नयाँ बानेश्वरमा होली खेल्नेहरुबीच खुकुरी हानहान भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा होली खेल्न जम्मा भएका केहि मानिसहरुबीच भएको खुकुरी हानाहानमा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सौगात केसी र छत्र भण्डारी रहेको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जानकारी दियो ।
घटनालाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो ।



लाेकपाटी न्यूज

