ताप्लेजुङ, ६ चैत । ताप्लेजुङ हेहिकप्टर दुर्घटना पहिले पुग्ने तीन जना प्रहरी सम्मानित गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना स्थलमा अति जोखिमपुर्ण रुपले खटिएका उक्त तीन प्रहरी फागुन महिनाको सर्वोत्कृष्ट प्रहरीमा घोषित भएका हुन् ।
माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार वेदकुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनिहरुको उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी अर्थात (वेष्ट पुलिस अफ द मन्थ) घोषित गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अति जोखिम रहेको हेलिकप्टर दुर्घटना स्थलमा आफ्नो ज्यानको प्रवाह नगरि उच्च मनोबलका साथ उद्धार तथा खोजतलास र शव संकलन गर्ने कार्यमा खटिएको भन्दै फागुन महिनाको उत्कृष्ट प्रहरीमा छनौट गरिएको कार्यालयले बताएको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरि उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट प्रदेश प्रहरी कार्यालय विराटनगरमा साथै प्रदेश अन्तर्गत रहेका ईलाका प्रहरी कार्यालय (क) स्तरका प्रहरी कार्यालयमा १ महिना सम्म राखिदै आएको बताइएको छ ।



लाेकपाटी न्यूज

