काठमाडौं, ५ चैत । चेम्वर अफ कमर्शले भियतनामी राजदूतलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै चेम्वर अफ कमर्शले महामहिम भियतनामी राजदुत श्री फाम सान्ह चाउलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै महामहिम राजदुतले नेपाल र भियतनाम बीचको बिद्यमान आपसी मैत्री पूर्ण सम्वन्धलाई थप सुदृढ गर्न दुई मुलुक बीचको व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताए । नेपालका लागि भियतनामका नवनियुक्त राजदुत श्री फाम सान्ह चाउको सम्मानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल भियतनाम चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजले संयुक्त रुपमा सो स्वागत समारोह गरेको हो ।
सो अवसरमा अध्यक्ष श्रीे श्रेष्ठले द्विपक्षीय व्यवसाय प्रवद्र्धनका लागि नेपाली व्यवसायी प्रतिनिधि मण्डलले हालै भियतनामको भ्रमण गरेको चर्चा गर्दै भियतनामी पर्यटकको प्रवेश अभिवृद्धि गर्न भगवान वुद्धको जन्मस्थल लुम्विनी नजिक भैरहवामा निकट भबिष्यमा निर्माण सम्पन्न हुने अन्तर्राष्ट्रिय बिमान स्थलको संचालन पश्चात भियतनामबाट सिधा हवाइ सम्पर्क स्थापना हुन सकेमा पर्यटन प्रवद्र्धन हुने बताए ।
उक्त अवसरमा नेपालका लागि भियतनामी राजदूत श्री फाम सान्ह चाउले नेपाल र भियतनाम बीच साझा संस्कृति तथा समान ऐतिहासिक धरोहर भएको कुरा बताउँदै नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको चर्चा गरे । तर, लगानी प्रवद्र्धनका लागि सामाजिक तथा राजनीतिक सुनिश्चितता हुनु पर्ने कुरा बताए । भियतनामले हाल आर्थिक समृद्धिमा ठूलो उपलव्धि हासिल गरेको र नेपाल र भियतनामबीच व्यवसाय द्धिपक्षीय व्यापार वृद्धिको अति ठूलो सम्भावना भएको बताए । उनले आफ्नो कार्यकाल निजी क्षेत्र मैत्री हुने व्यक्त गर्दै आपसी व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिने बताए ।
उक्त अवसरमा नेपाल भियतनाम चेम्वर अफ कमर्स तथा इण्डष्ट्रिजका अध्यक्ष श्री दीपक कुमार मल्होत्रा तथा चेम्वरका बरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र मल्लको पनि उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज

