प्रहरीकाे अनुराेध : ‘हाेली पर्व सभ्य तरिकाले मनाऔं’

प्रहरी हाेली
लाेकपाटी न्यूज

बारा, ५ चैत । जिल्ला प्रहरी कार्यालय बारा र समुदाय-प्रहरी जिल्ला समितिको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘होली पर्वलाई बिकृति रहित सभ्य र शिष्ट तरिकाले मनाऔं’ भन्ने मूल नाराका साथ होली सम्बन्धि सचेतनामूलक र्‍याली सोमबार सम्पन्न भएको छ ।

र्‍यालीमा जिल्ला समन्वय समितिका सभापति, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, संचारकर्मी, स्थानीय शिक्षक तथा बिद्यार्थी, सर्वसाधरण लगायत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त र्‍यालीले जिल्ला प्रशासन कार्यालय बारामा भेला भई कलैया बजारको परिक्रमा गरेको थियो । सो अवसरमा चेतनामूलक पर्चा पम्पलेटहरु समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्