कोरियन भाषा परीक्षा : कसरी तिर्ने ई–सेवाबाट शूल्क ?

लाेकपाटी न्यूज

काठमाडौं। कोरियन भाषा परीक्षाको शुल्क यो वर्ष ई–सेवाबाट पनि तिर्न सकिने भएको छ। यसअघि ग्लोबल आइएमई बैंकका शाखामै गएर तिर्नुपर्ने शुल्क यो वर्ष ई–सेवाबाट पनि तिर्न सकिने भएको हो।

बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि चाप देखिएको र जसले पहिले शुल्क तिरेर फारम छिटो भर्छ त्यो नै छिटो जान पाउँछ भन्ने भ्रम पनि फैलिएकाले यो वर्ष ई–सेवाबाट पनि शुल्क तिर्न पाउने व्यवस्था गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

परीक्षार्थीले २४ डलर बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने छ। ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिने उनले बताए। यस्तै ग्लोबल बैंकको ‘आइएमई पे’बाट पनि शुल्क बुझाउन सकिनेछ।

ई–सेवा नहुँदा नेपाली परीक्षार्थीले भाषा परीक्षाका लागि सकसपूर्ण लाइनमा बस्नुपरेको थियो। ई–सेवाबाट फर्म लिने भएपछि भाषा परीक्षाका विद्यार्थीलाई केही राहत मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्