नेकपा फुटाउने चेतावनी : कसले बनायाे भीम रावलकाे नक्कली फेसबुक ?

लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन्।

रावलले सीके राउतकाे प्रकरणमा उठाएका आवाजको फाइदा उठाउँदै कोही एक व्यक्तिले रावलले प्रयोग गर्ने जस्तो पेज बनाएर नेकपा फुटाउने चेतावनी लेखका छन्।

पेजमा लेखिएको छ ‘मलाई देशभन्दा ठूलो पार्टी लाग्दैन त्यसैले नेकपा फुट्न पनि सक्छ ।’  फेसबुक प्रयोग नै नगर्ने रावलका नाममा यस्तो गतिबिधि भएपछि विगतमा रावलसँगै काम गरेका पत्रकार एकिन्द्र कुँवरले नक्कली एकाउन्ट बनाएर रावलको चरित्र हत्या गर्ने प्रयास गरेको विषयमा साइबर क्राइममा मुद्दा अघि बढाएको बताएका छन्।

उनले नेकपाका नेता रावलले कुनै पनि फेसबुक नचलाएको भन्दै ट्ववीटरमात्रै प्रयोग गर्ने गरेको जानकारी दिएका छन्। स्टाटस हेर्दा नेकपामा विभाजन ल्याउन चाहने समूहले चलाएको जस्तो देखिन्छ ।

यद्यपी अनुसन्धानका क्रममा रहेका कारण के हो भन्ने पछि खुल्नेछ । तर रावलको नामको उक्त नक्कली पेजबाट पनि सयाैँले उक्त स्टाटस सेयर गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्