विप्लव नेकपाको आकस्मिक बैठक : के गर्ला निर्णय ?

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं। मन्त्रीपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाले पोलिट्ब्यूरोका आकस्मिक बैठक बोलाएको छ। विप्लव नेकपाले नयाँ परिस्थितिबारे समीक्षा गर्न र भावी रणनीति तयार गर्न बैठक बोलाएको हो।

पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनका अनुसार बैठकमा नयाँ राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ। सरकारले आकस्मिक रुपमा दलमाथि नै प्रतिवन्ध लगाएको र आफ्ना नेता, कार्यकर्तामाथि धरपकड सुरु गरेको भन्दै नेकपाले बैठक बोलाएको स्रोतले बतायो।

बैठक शुक्रबारबाट सुरु भएको बताइएको छ। बैठकमा संगठनात्मक संरचना, युद्धको कार्यशैली र नेताहरुको जिम्मेवारीसमेत हेरफेर हुनसक्ने बताइएको छ। यसअघिको संरचना र जिम्मेवारीबारे सरकारी संयन्त्र जानकार रहेकाले नयाँ रणनीति अपनाउन लागिएको स्रोतको दावी छ।

शैन्य दस्ता तयार पारेर हतियारको तालिमसमेत चलाएको विप्लव समूहले जनयुद्धको औपचारिक घोषणा गर्ला ? कतिपयले बैठकले जनयुद्धको घोषणा गर्नसक्ने अड्कलबाजी गरेका छन्। तर, जनयुद्धको औपचारिक घोषणा गर्ने वा अहिलेकै गतिविधिलाई व्यवस्थित बनाउने ? भन्नेबारे नेकपा अन्तिम टुंगोमा पुगिसकेको छैन।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तत्काल जनयुद्ध घोषणा गरेर जाने पक्षमा नरहेको स्रोत बताउँछ। तर, बहुमत नेताहरु जनयुद्धको घोषणा गरेर नै जाने पक्षमा देखिएका छन्। सरकारले युद्धको घोषणा गरिसकेकाले पार्टीले ढिलो गर्न नहुने उनीहरुको तर्क छ।

विप्लव नेकपाका अधिकांश नेता कार्यकर्ता राजधानी र मूख्य शहर वरिपरि नै खछन्। उनीहरुले डेरा सारिसकेका छैनन्। सरकारको आकस्मिक निर्णयपछि आफ्नो कार्यशैली र संगठनमा परिमार्जन गर्न नै बैठक बोलाइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्