आगलागीबाट छ लाखको क्षति

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन । काठमाडौंको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु. छ लाखको क्षति भएको छ ।

सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडौं महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो ।

आगलागीबाट रु. पाँच लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्