‘विप्लवलाई सहयोग गर्ने सरकारको निशानामा पर्छन्’ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले विप्लव नेतृत्वको समूहलाई सहयोग गर्ने जो–कोहीलाई पनि कार्बाही हुने बताएका छन्।

‘नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सहयोग गर्ने जो–कसैलाई पनि सरकारले कार्बाही गर्छ’ मन्त्री बास्कोटाले भने। सरकारले विप्लव समूहका सबै गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण उक्त समूहलाई सहयोग गर्नेमाथि पनि कार्वाही गरिने बताए।

सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय भएको गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठले अवैध हातहतियार र खरखजानाको नियन्त्रण गर्ने निर्णय पनि गरेको छ।

सरकारले हातहतियार, खरखजाना सेना र नजिकको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने भएको छ। हातहतियार बुझाउनेलाई कुनै किसिमको कारबाही नहुने प्रवक्ता बास्कोटाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्